जेष्ठ नागरीक जागरुकता दिवस कार्यक्रम भैरहवामा सम्पन्न

जेष्ठ नागरीकलाई हरेक घरपरिवारले सम्मान गर्नुपर्नेमा जोड

उर्मिला यादव यात्री , ५७३  पटक हेरिएको

भैरहवा, जेठ ३२

जेष्ठ नागरीकलाई हरेक घरपरिवारले सम्मान गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । बिश्व अग्रज दुब्र्यवहार जागरुकता दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा आज भैरहवामा भएको जेष्ठ नागरीक जागरुकता दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले जेष्ठ नागरीक समाजको मार्गदर्शक भएकोले उनीहरुको सम्मान गर्नुपर्ने जोड दिएका हुन । कार्यक्रमको उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले जेष्ठ नागरीकलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ ।

उहाले अभिभावकले आफना सन्तानको भबिष्य निमार्णमा आफनो जिवन नै सर्मपण गरी महत्वपुर्ण भुमिका निर्वाह गरेपनि छोराछोरीले त्यो कुरा बुझन नसक्दा बुढेसकालमा आश्रममा छोडने गरेको गुनासो गर्दै यस्तो नगर्न आग्रह गर्नु भएको छ । उहाले हरेक छोराछोरीले आफनो बाबुआमाको सम्मान गर्नुपर्ने बताउनु भयो । नगरप्रमुख खानले जेष्ठ नागरीकको सम्मान नै घरपरिवार र समाजको सम्मान भएको हुदा उनको रेखदेख देखि लिएर हरेक कुरामा सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा बोल्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले सेवाभावले जेष्ठनागरीकको सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाले हामी सबै बच्चा देखि बृद्ध हुदा सम्म सबै चरण पार गर्दै त्यही अवस्थामा पुग्ने भएकोले जेष्ठ नागरीकको पालनपोषण , हेरचाह संग संगै स्वास्थ्य लगायत हरेक कुरामा बिशेष ख्याल गर्नुपर्ने बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले बिभिन्न किसिमका कार्यक्रम मार्फत जेष्ठनागरीकलाई सम्मान गर्दै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताउनु भएको छ ।

कार्यक्रममा वडा नम्बर ५ को वडासचिव बन्दना उपाध्याय, समाजसेवी नारायण प्रसाद अग्रवाल, समाजसेवी ओमकार गौचन ,श्री पक्लिहवा माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शुशिल गुरुंग लगायतले बोल्दै जेष्ठ नागरीक आफनो घरपरिवारबाट नै अपहेलित हुनुपरेकोले नगरपालिकाले यस बिषयमा निगरानी गर्नुपर्ने जोड दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी निरीक्षक सबिता जिसीले जेष्ठ नागरीक को हुन ? जेष्ठ नागरीकको बर्गीकरण ? जेष्ठ नागरीकलार्ई कानुनले प्रदान गरेकोे अधिकार लगायतको बिषयमा सहजीकरण गर्नु भएको थियो । भने कार्यक्रम संचालन वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ भित्रका १ सय ३० जना जेष्ठनागरीकहरुको सहभागिता रहेको कार्यक्रममा जेष्ठनागरीक जुक्तमान श्रेष्ठ लाई दोसल्ला ओढाइ सम्मान गरीएको थियो । कार्यक्रम सिनपा वडा नम्बर ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०६-१५ , समय : १८:२३:३५ , १ वर्ष अगाडि