रुपन्देही युवा समूहले मर्चवारमा २० रुपैयाँमा शाकाहारी खाना खुवायो

rupandehi khabar , ७२२  पटक हेरिएको

भैरहवा, असार २

रुपन्देही युवा समूहको एउटै धोको मर्चवारका जनता कोही नरहुन भोको भन्ने नाराका साथ रुपन्देही युवा समूहले मर्चवारको गोनहामा २० रुपैयामा शाकाहारी खाना खुवाएको छ । समुहका अध्यक्ष बिशाल गुप्ताको अध्यक्षता तथा पूर्व कृषि तथा सहकारी मन्त्री ओम प्रकाश यादव गुलजारीको प्रमुख आथित्यतामा आज मर्चवारका १ सय ८० जना जनतालाई २० रुपैयामै खाना खुवाईएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले रुपन्देही युवा समुहको यो कार्य एकदमै सर्हानिय रहेको बताउनु भएको छ । उहाले युवा समुहले समाजमा गरेको यो कार्य एकदमै सकरात्मक रहेको र यस्तो काममा आफुले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी समुहका जिल्ला अध्यक्ष गुप्ताले ‘रुपन्देही युवा समूहको धोको, मर्चवारको कोही जनता नरहुन भोको’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार विभिन्न ठाउँमा शुद्ध शाकाहारी खानाको स्टल राखिने र यो कार्यलाई निरन्तरता दिदै अगाडी बढने बताउनु भएको छ । उहाले कोही पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रमको सुरुवात गरेको बताउनु भयो ।
कार्यक्रममा रुपन्देही युवा समूह मर्चवारी गाउपालिका अध्यक्ष सूग्रिम यादवको स्वागत रहेको कार्यक्रममा सस्थाका सस्थापक आनन्द प्रसाद गुप्ता, जनमत पार्टीका केन्द्रीय सचिव भुपेन्द्र प्रसाद यादव , बरिष्ठ समाज सेवि बिरेन्द्र जैसवाल युवा नेता अर्जुन जैसवाल, रुपन्देही युवा समूहका जिल्ला महासचिव कृष्ण प्रसाद खरेलले बोल्दै समाज परिर्वतनमा युवाहरुको महत्वपुर्ण भुमिका भएकोले एकताका युवाहरु अगाडी बढन आग्रह गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०६-१७ , समय : २३:३८:२२ , १ वर्ष अगाडि