rupandehi khabar , ७६७ पटक हेरिएको
भैरहवा , असार ५
जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले सय रुपैयाँ भन्दा बढिको सामानमा भन्सार लगाउने नियम तत्काल खारेज गर्न माग गर्नु भएको छ । रुपन्देही क्षेत्र नम्बर ४ मा जनमत पार्टीको तर्फबाट सांसद पदको उम्मेवार समेत रहनु भएको यादवले सय भन्दा माथिको सामानमा भन्सार लगाएर आर्थिक संकटमा रहेका जनतालाई थप समस्या दिन नहुँने भन्दै यस्तो नियम तत्काल खारेज गर्न माग गर्नु भएको हो । उहाले नेपाल र भारत विच रोटी बेटीको सम्बन्ध रहेको उल्लेख गर्दै सामान्य बस्तुमा पनि भन्सार लगाउँदा स्थानिय समुदायमा सांस्कृतिक ,आर्थिक र सामाजिक सम्बन्धमा समेत असर परेको बताउनु भएको छ ।
नेता यादवले रुपन्देहीको भैरहवा , लुम्बिनीको कालिदह नाका लगायतका सबै मुख्य तथा छोटी भन्सारबाट आवतजावत गर्ने स्थानिय जनताहरुलाई नातागोताबाट सामान ल्याउँदा पनि अनावश्यक असुली भएको खबरले गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यस्ता काम तत्काल बन्द गर्नु आग्रह गर्नु भएको छ । सरकारको नितिको नाममा कुनिति ल्याएर सय रुपैयाँ भन्दा बढि सामानमा कर असुली नियम बोर्ड सबै हटाउन उहाले माग गर्नु भएको छ । सामान्य बस्तुमा पनि भन्सार लगाएर सिमा नाकामा व्यापक तस्करी गराउँने उद्धेश्यले यस्तो नियम आएको भन्दै यादवले समयमै यस्तो नियम पुनरावलोकन नभए जनताको पक्षमा व्यापक रुपमा जनमत पार्टीले आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०६-२० , समय : २३:४६:४५ , १ वर्ष अगाडि