रुपन्देही खबर , २५१ पटक हेरिएको
काठमाडौं, असार १८
बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको हो । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन । बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनु भएको छ ।
उहाका अनुसार आज पनि सहमतिको प्रयास हुनेछ । आज सहमति जुट्ने सम्भावना भएकाले बिहान ११ बजे बैठकको समय निर्धारण गरिएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्षले प्रतिपक्षी दलसँग आज सहमति गरी विवाद टुंग्याउने सम्भावना रहेको भन्दै सहमति जुटेमा आज बैठक नियमित रुपमा सञ्चालन हुने बताउनु भएको छ ।
प्रकाशित मिति: २०२३-०७-०३ , समय : ०९:००:३९ , १ वर्ष अगाडि