मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु

रुपन्देही खबर , २९५  पटक हेरिएको

काठमाडौं,असार २६

सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका– ५, भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा परी पाइलट चेतबहादुर गुरुङसहित ६ जनाकै मृत्यु भएको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् । दुर्घटनामा पाइलट गुरुङसहित मेक्सिकन नागरिकहरू एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति: २०२३-०७-११ , समय : २०:०४:१८ , ८ महिना अगाडि