भैरहवामा चोरी तथा लुटपाट गर्ने घटनामा संलग्न थप एक जना पक्राउ

रुपन्देही खबर , ५३२  पटक हेरिएको

भैरहवा, असार ३०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको भैरहवा तथा आसपासको स्थानहरुमा चोरी तथा लुटपाट घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत नौतनवा बस्ने १९ बर्षिय ओसमा अली रहेका छन ।

प्रहरीका अनुसार २०८० असार १८ गते सिद्धार्थनगर नगरपालिका वडा नंम्बर २ वाटीकाबाट भारत गोरखपुर उत्तर प्रदेश बस्ने बर्ष ४३ की गीता तिवारी लाई पक्राउ गरी अनुसन्धान भईरहेको र निजले दिएको बयान अनुसार उक्त घटनामा संलग्न ओसमा अलीलाई प्रहरीले २०८० असार २७ गते पक्राउ गरेको हो । पक्राउ परेका अलीलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०७-१५ , समय : १९:४६:५२ , ११ महिना अगाडि