मर्चवारमा गोली प्रहार गरी फरार रहेका एक ब्यक्ति पक्राउ

रुपन्देही खबर , १४११  पटक हेरिएको

भैरहवा , साउन ३

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोली प्रहार गरी फरार रहेका एक जनालाई मर्चवारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका वडा नम्बर ४ महदेवा बस्ने ३० बर्षिय राजु यादव भन्ने ईन्द्रकेश यादव रहेका छन । प्रहरीका अनुसार गत असार १९ गते राजु यादवले मर्चवारी गाउँपालिका वडा नंम्बर ४ पुन्हिकोट बाट दुबलिया जाने बाटोको खैरा गाँउमा सडक पिच गर्ने क्रममा अवरोध सिर्जना गरी बाटो मर्मत गर्ने निर्माण व्यवसायी संग वादविवाद गरी कोटहीमाई गाउँपालिका वडा नंम्बर ६ पर्सहवा बस्ने श्रीराम यादवले काम गरिरहेको स्थानतिर पेस्तोल जस्तो देखिने हतियारले फायर गरी फरार रहेका थिए । प्रहरीले राजु यादवलाई साउन १ गते उनको घरबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले घटनामा राजु यादवले प्रयोग गरेको लु ३३ प ७६५३ नंम्बरको सुपर स्पिलीन्डर मोटरसाईकल, मेड टाईप ५४ चाईनिज पेस्तोल जस्तो देखिने हतियार १ थान, ऐ.को राउण्ड २ थान र फायर भएको खोका १ थान बरामद गरेको छ । पक्राउ परेका यादवलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरी “ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसूर” मुद्धामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : २३:०२:०९ , ९ महिना अगाडि