नदिमा डुबेर बालकको मृत्यु

धनिराम कोरी , १३१२  पटक हेरिएको

कपिलवस्तु, जेठ १८

कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर २ पडेरिया बस्ने सोहेल अहमदको छोरा १० वर्षीय अहमद रजाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाणगँगा नदीमा नुहाउने क्रममा बालकको डुबेर ज्यान गएको हो ।

प्रकाशित मिति: २०२२-०६-०१ , समय : २०:१३:२२ , २ वर्ष अगाडि