अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

रुपन्देही खबर , ३२६  पटक हेरिएको

काठमाडौं, साउन १४

कैलाली, टिकापुर नगरपालिका ९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ ब्लक नम्बर ११ बस्ने २४ वर्षीय आवाश भट्टराई र सोही नगरपालिका १ ब्लक नम्बर १८ बस्ने २५ वर्षीय जिवन रावल रहेका छन । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.५ प ३७४ नम्बरको मोटेरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका ३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका ८ बस्ने २१ वर्षीय विवेक चौधरीलाई ६ सय ५० मिलिग्रामसहित तथा सोही उपमहानगरपालिका १ बस्ने २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई अवैध लागूऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका १० दोदाबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्ने २८ वर्षीय प्रदिप पाख्रिन र सोही उपमहानगरपालिका १ शिवनगर बस्ने ३३ वर्षीय बिकल मगर रहेका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र. ०२ ००३ प ६४३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०७-३० , समय : १५:५५:३४ , १ वर्ष अगाडि