सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ

रुपन्देही खबर , २४८  पटक हेरिएको

काठमाडौं, साउन १४

मोरङको सुन्दरहरैचा नगरपालिका ९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका १६ बस्ने २६ वर्षीय बिशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका ६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका ६ बस्ने ८ वर्षीय बालक रहेका छन । सोही नगरपालिका ८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका बिशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय बिराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

धनुषा, लक्ष्मिनिया गाउँपालिका ५ भंगाहा बस्ने ५० वर्षीया महिलाको सुनको मंगलसुत्र लुटपाट गरेको अभियोगमा भारत बिहार राज्य सितामढी भीतामोड बस्ने २५ वर्षीया पुजा महर्जनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मिनिया गाउँपालिका ४ सपहीस्थित मोहरम मेलामा पुजा महर्जनले महिलाको मंगलसुत्र तान्ने क्रममा प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०७-३० , समय : १६:०५:३४ , ७ महिना अगाडि