रुपन्देहीमा अबैध सामान सहित ट्रक र पिकअप प्रहरीको नियन्त्रणमा

उर्मिला यादव यात्री , ८९५  पटक हेरिएको

भैरहवा , साउन २७

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट ४० लाख ९ हजार ६ सय ९० रुपैया बराबरको अबैध सामान सहित ट्रक र पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नंम्बर ३ सेमरहवाबाट नवलपरासी सुनवल नगरपालिका वडा नंम्बर ८ बस्ने ३७ बर्षिय संगित कुमार खरबिनले चलाएको लु १ च ५८३१ नंम्बरको पिकअपमा अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको राखी माला १ बोरा, जेन्स गेम कट्टु ८३६ पिस, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा गरी पिकअप गाडी सहित १२ लाख ६२ हजार दुई सय रुपैया वरावरको सामान बरामद गरेको छ ।

यस्तै गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय वेथरी बाट खटिएको टोलीले मायादेवी गाउँपालिका वडा नंम्बर ६ बेथरीबाट स्याङजा पुतलीबजार न.पा.१३ बस्ने ४० बर्षिय लाल बहादुर बि.क. ले चलाएको ना ३ ख ४४१३ नंम्बरको ट्रक लाई शंका लागि चेकजाच गर्दा भारत बाट अबैध रुपमा भन्सार छलि चोरी गरी ल्याउदै गरेको थानको कपडा १५१४ मिटर, साडी ४७४ पिस, सुट ५०८ पिस, बेलाउज ५५ पिस, लेङ्गा ५पिस, पेटिकोट ६ पिस, सल २७ पिस, लुङगि १२ पिस, जेन्स कट्टु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुति साडी ९२ पिस र टप्स ४६ पिस गरी ट्रक सहित २७ लाख ४७ हजार ४ सय ९० रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी वरामद सामान, सवारी साधन र मानिसहरु भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०८-१२ , समय : १८:०२:१० , १० महिना अगाडि