दारी ग्याङ रुपन्देहीद्वारा मन्दिरको प्रतिक्षालयमा रङ्गरोगन

रुपन्देही खबर , २८९  पटक हेरिएको

बुटवल, साउन २७

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दारी ग्याङ रुपन्देहीले बुटवलको एक मन्दिरको प्रतीक्षालयमा रङ्गरोगन गरेको छ। आफ्नो स्थापना कालदेखि नै गालामा दारी, काँधमा जिम्मेवारी भन्ने मुल अभिभाराका साथ विभिन्न सामाजिक कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउदै आएको गैर नाफामुखी सामाजिक संस्था दारी ग्याङको रुपन्देही शाखाले आज शनिबार एक औपचारिक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा ३, गोलपार्कमा रहेको दुर्गा शिवालय मन्दिरको प्रतीक्षालयको परिसरमा रङ्गरोगन गरेको छ ।

जिल्ला शाखाका अध्यक्ष भरत पौडेलको अध्यक्षता तथा शाखाका बुटवल उपमहानगर पालिका प्रतिनिधि सन्तोष न्यौपानेको संयोजकतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता मन्दिर परिसर समितीका उपाध्यक्ष हरिकृष्ण प्रधानले रहेको थियो भने कार्यक्रम संचालन राजन अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा दारी ग्याङ रुपन्देहीका सल्लाहकार सुनिल दर्जी गौतम लगायत शाखाका सदस्यहरु भुवन सुबेदी, श्रीधर कुवर, लेलिन भुर्तेल, बिमल पन्थी, जीवन विश्वकर्मा, प्रेमनाथ गौडेल, शिद्धान्त पाण्डे, रमेश लम्साल लगायतको सहभागिता रहेको रहेको कृष्ण रसाईलीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०८-१२ , समय : १८:३८:२४ , ११ महिना अगाडि