नवलपरासीको सरावलमा रक्तदान कार्यक्रम सम्पन्न

महेश यादव , २६२  पटक हेरिएको

सरावल, साउन २७

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल रेडक्रस साेसाईटी बालपुरी उपशाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।साेसाईटीका अध्यक्ष सन्जय माेैर्याकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीकाे प्रमुख अतिथतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले रक्तदानले मानव जीवन रक्षाका लागि महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले यो आवश्यक भएको बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बडहरा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि. काे आर्थिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रम महादानकाे रुपमा सावित भएको अध्यक्ष चौधरीले बताउनु भयो । साथै रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुले मानव रुपि जिवनमा थप उर्जा सहित जीवन रक्षाका निम्ति सहयोग गर्नुभएकोमा सम्पूर्णलाई धन्यवाद समेत दिनु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि बासमति हरिजन, राजेन्द्र प्रसाद अग्रहरी ,लक्ष्मण प्रसाद चाैधरी,दिनेश सहानी,अर्जुन क्षेत्री,ईन्द्रकमल यादव र उमेश बिक लगायतकाे उपस्थिति रहेको थियोे । नेपाल रेडक्रस साेसाईटी नवलपरासी जिल्ला शाखाकाे प्राविधिक सहयोग र नेपाल रेडक्रस साेसाईटी रामपुर खडाैना उपशाखाकाे समन्वय तथा बालपुरी उपशाखा सदस्य जन्मेजय यादवकाे कार्यक्रम संयाेजकतामा सम्पन्न भएको कार्यक्रममा १ जना महिला सहित ३० जनाले रक्तदान गरेको थिए ।

प्रकाशित मिति: २०२३-०८-१२ , समय : २०:३१:१० , १ वर्ष अगाडि