प्रिमियर लिगमा चेल्सी र लिभरपुलको बराबरी

रुपन्देही खबर , २१५  पटक हेरिएको

काठमाडौं, साउन २९

प्रिमियर लिगमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदान स्टानफोर्डब्रिजमा भएको खेलमा एक गोलले पछि परेको चेल्सीले बराबरी गोल फर्काएको हो । खेलको १८औं मिनेटमा लुइस डियाजले मोहमद सालाहाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

त्यसपछि सालाहा आफैले २९औं मिनेटमा गोल गरेका थिए । तर भिएआरले अफसाइड दियो । ३७औं मिनेटमा एक्सल डिसासीले चेल्सीका लागि बराबरी गोल गरे । उनले बेन चिलवालको पासमा गोल गरे । चिलवालले आफैंले ३९औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन । बराबरीपछि दुवैले १-१ अंक जोडेका छन् । लिगकै अर्को खेलमा टोटेनहम र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रकाशित मिति: २०२३-०८-१४ , समय : ०७:५९:२५ , १० महिना अगाडि