भैरहवाको एक फार्मेसीमा चोरी , घटनामा संलग्नको खोजीकार्य तीब्र

रुपन्देही खबर , ३०९  पटक हेरिएको

भैरहवा , साउन ३०

रुपन्देहीको भैरहवामा चोरी भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ बैंकरोडमा रहेको गुड हेल्थ फार्मेसीमा आइतबार राति चोरी भएको प्रहरीले जनाएको छ । सिनपा १३ बैंकरोडमा अनुप बर्माले संचालन गरेको गुड हेल्थ फार्मेसीमा चोरी भएको हो ।

फार्मेसीबाट नगद ९५ हजार, एक वटा ल्यापटप, मेडिकल जन्य सामानहरु ,औषधी, सेनिटाइजर, प्रेसर नाप्ने मेसिन, सिसीक्यामेरा लगायत सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ । उहाले चोरी भएको फार्मेसीको सटरमा ताला लगाएको र चापीले नै ताला खोलेर चोरी भएको जस्तो देखिएको बताउनु भएको छ । घटनामा संलग्नको पहिचान हुन नसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १४:२०:२४ , १० महिना अगाडि