कबिता : सधैँ जसो सपनीमा

गोबिन्द राज ओझा (राजन) , १६३  पटक हेरिएको

डोटी, भदौ १

किन किन सधैँ जसो सपनीमा तिमिलाई देख्छु
यो कलमले तिम्रो बारेमा बयान गर्न खोजेको छु  
तिमिले मेरो बारेमा धेरै चिन्ता गर्दिरहेछौ
सम्झना आउँदा तस्बिर हातमा राखी हेर्दिरहेछौ
 
एक चोटि त भेटौला म सोचिरहेको छु
किन होला तिमि सँग लुकामारी खेलेको सम्झिराखेको छु
मायालु मनले प्रिय मलाई खोजेकी रहेछौ
तिम्रो चाहना भएका कुराहरू भन्न खोजेको छौ
 
किन किन सधैँ जसो सपनीमा तिमिलाई देख्छु
यो कलमले तिम्रो बारेमा बयान गर्न खोजेको छु

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रकाशित मिति: २०२३-०८-१८ , समय : ०७:५९:३७ , ६ महिना अगाडि