रुपन्देही खबर , २०६ पटक हेरिएको
काठमाडौं, भदौ ५
राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान सर्वदलीय बैठक बोलाउनु भएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतलनिवास बोलाइएको छ । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।
यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रपतिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर संसदको गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गर्नु भएको थियो । त्यस्तै राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०८-२२ , समय : ०९:०९:३५ , १ वर्ष अगाडि