नवलपुरमा यात्रुबस पल्टिदा २९ जना घाइते

रुपन्देही खबर , २११  पटक हेरिएको

पुर्वी नवलपरासी, भदौ ५

पुर्वी नवलपरासीको नवलपुरमा यात्रुबस पल्टिदा २९ जना घाइते भएका छन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउपालिका २ दाउन्ने स्थित घ्युखोलामा आज बिहान यात्रुबस दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।

। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनु भएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : ०९:३१:४० , ९ महिना अगाडि