सिद्धार्थनगर एकमा ११ सदस्यीय सीमा सहजीकरण समिति गठन

संयोजकमा वडाअध्यक्ष उज्जवल पोखरेल

रुपन्देही खबर , २९७  पटक हेरिएको

भैरहवा, भदौ ५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलको संयोजकत्वमा मंगलबार ११ सदस्यीय सीमा सहजीकरण समिति गठन गरीएको छ । जसको सदस्यहरुमा सिनपा वडा नम्बर १ का वडा सदस्य मिन बहादुर गुरुङ, सामाजिक संघ–संस्था प्रतिनिधि ग्यासुद्दीन पठान, स्थानीय युवा क्लब प्रतिनिधि राम बहादुर बस्नेत, नागरिक समाज प्रतिनिधि सुरेन्द्र कुमार क्षेत्री, पत्रकार प्रतिनिधि रबिन्द्र गुप्ता, उद्योग वाणिज्य संघका प्रतिनिधि कृष्ण घिमिरे, शिक्षक प्रतिनिधि बृजेश कार्की, नेपाल प्रहरी स्थानीय ईलाका प्रहरी कार्यालय बेलहिया प्रमुख कृष्ण विष्ट, सम्बन्धित गण अधिकृत प्रतिनिधि सशस्त्र प्रहरी निरीक्षक गणेश खनिया र सीमा सुरक्षा गुल्म डण्डा प्रतिनिधि सशस्त्र प्रहरी नायब निरीक्षक ऋषिराम खनाल रहनु भएको छ ।

नेपाल भारत सिमा संग जोडिएका वडाहरुमा वडाध्यक्षहरुको संयोजकत्वमा ११ सदस्यीय सीमा सहजीकरण समिति गठन गर्ने उदेश्यका साथ आज सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा पहिलो पटक समिती गठन गरीएको हो । अन्य वडाहरुमा बुधबार देखि समिती गठन गरीनेछ । सिमा स्तम्भहरुको सुरक्षा लगायत रेखदेख गर्न, सिमा बिवाद मिलाउन, भारतको काउन्टर पास संग छलफल गर्न, नेपाल भारत सीमामा हुने बिवाद, अपराधिक गतिविधि नियन्त्रण लगायत बिबिध समस्याहरुको समाधानका लागी सीमा सहजीकरण समिति गठन गरीएको सीमा सुरक्षा गुल्म डण्डाका सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी अरुण कुमार शर्माले जानकारी दिनु भएको छ । उहाले भदौ १० गते सम्म भारत संग सिमाना जोडिएका सम्पुर्ण वडाहरुमा सीमा सहजीकरण समिति गठन हुने र रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नम्बर १ नेपालको पहिलो वडा भएको बताउनु भएको छ । उहाले गठन गरीएका समितीहरु सबै मिलेर अपनत्व हुने गरी सिमामा हुने कुनै पनि गतिबिधीलाई सहज रुपले समाधान गर्नका लागी र अवान्छित गतिबिधी रोकथाम गर्नका लागी यो समिती गठन गरीएको र क्रियासिल भएर लाग्ने बताउनु भयो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी अरुण कुमार शर्माको प्रमुख आतिथ्यतामा भएको बैठकमा जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधि, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : २२:२७:४७ , ८ महिना अगाडि