नवलपरासी फाेटाेग्राफर संघद्वारा रक्तदान

कल्पना खरेल , २१३  पटक हेरिएको

नवलपरासी, भदौ ५

“श्रम र सीपकाे सदुपयोग गराै” भन्ने नारा सहित नवलपरासी फाेटाेग्राफर संघले आफ्नाे ४ ओै स्थापना दिवसकाे अवसरमा मंगलबार सुनवलमा रक्तदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस साेसाइटी र सुनवल शाखा सगँ समन्वय गरि रक्तदान गरिएको हो ।

रक्तदान नै जीवनदान हाे भन्ने लक्ष्यलाई आत्मसात गर्दै रगत आवश्यकता पर्दा सहज रूपमा परिपूर्ति गर्ने सकियोस् भन्ने उदेश्य सहित रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे जिल्लाका कार्यक्रम संयाेजक सुरज चालिसेले बताउनु भएको छ ।

३-३ महिनामा खेर जाने रगतलाई वर्षकाे १-२ चाेटि भएपनि रक्तदान गराै, जसले रक्तदान गर्ने व्यक्तिलाई मुटु राेग लगायतका विभिन्न किसिमका राेगहरू लाग्न नदिने उक्त कार्यक्रममा सहभागी वक्ताहरूकाे भनाइ थियाे ।

फाेटाेग्राफर पेशामा आवद्व रहेका फाेटाेग्राफरहरूलाई सांगठनिक गराई व्यापारीक संगठनलाई विस्तार गर्ने भनी १२० संस्था आवद्व रहेकाे संघले हरेक साल फाेटाेग्राफर तालिम, रक्तदान लगायतका काम गर्दै आएकाे छ ।

नवलपरासी फाेटाेग्राफर संघका अध्यक्ष प्रेम गाैतमकाे अध्यक्षता तथा सुनवल रेडक्रस साेसाइटि शाखाका सभापति गाेपाल प्रसाद शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्लाका फाेटाेग्राफर र स्थानीय गरी २९ जनाले रक्तदान गरेका थिए ।

यसैगरी नवलपरासी फाेटाेग्राफर संघले आजै पवित्र वृद्वआश्रम सागर पोखरी सुनवल १३ बडेरामा १० हजार मूल्य बराबरकाे खाद्यान्न सामाग्री समेत बितरण गरेकाे छ ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : २२:४६:५१ , १ वर्ष अगाडि