पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु

रुपन्देही खबर , ३४२  पटक हेरिएको

पाल्पा, भदौ १३

पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन ।गुल्मी सदरमुकाम तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिपमाथि आज बिहान पहिरोसँगै ढुंगा खसेको थियो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ । उक्त जिपमा केही बालबालिका समेत रहेको प्रहरी जनाएको छ । दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटनाबारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-३० , समय : १०:५४:२४ , ८ महिना अगाडि