बुटवलमा बृहत रक्तदान, १ सय २८ युनिट रगत संकलन

रुपन्देही खबर , ३२३  पटक हेरिएको

बुटवल, भदौ १६

नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितीको आयोजनामा आज शनिबार बुटवलमा रक्तदान गरीएको छ । फ्रीडम गाइज, बुटवलका सदस्य स्वर्गीय अपुर्ब श्रेष्ठको स्मृतिमा गरीएको बृहत रक्तदान कार्यक्रममा १ सय २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक रुपेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । स्वर्गीय श्रेष्ठको स्मृतिमा, नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितीको आयोजना तथा नेपाल रक्तसंचार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोग र गार्गी एकेडेमी बुटवल, गणेश बहादुर जिसि र भगवता पौडयालको सहप्रायोजक साथै विभिन्न संघसंस्थाहरुको सहयोगमा आज एक कार्यक्रमका बिच रक्तदान गरीएको हो

बुटवल उपमहानपालिका वडा ०७ कि वडासदस्य राधा देवि पौड्यालको प्रमुख आतिथ्यता, समाजसेवी मृगेन्द्र शेरचन, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनिज गौचन, संघका सल्लाहकारकार सुरेन्द्र कुमार शाक्य, हिलपार्क परिषदका महासचिव टंक पराजुली, क्लबका संयोजक प्रकाश क्षेत्री, स्व. क्षेत्रीका आमा दिलु क्षेत्री लगायतको आतिथ्यता र रगत, रगततत्व ब्यवस्थापन लगायत विभिन्न सामाजिक कार्यहरुमा अग्रसर थुप्रै सामाजिक संघसंस्था, क्लबका पदाधिकारीहरु, सदस्यहरु, युवावर्गहरु, पत्रकारहरु, बुद्धिजीवीहरु, नियमित रक्तदाताहरु, सरोकारवालाहरुको उपस्थितमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संघ केन्द्रीय समितीका अध्यक्ष दया सिलवालले गर्नु भएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारी, संघको रुपन्देही शाखाका अध्यक्ष अशेष सिलवाल, क्लबका सचिव पवन राई लगायतले सम्पुर्ण रक्तदाताहरुलाई विशेष दिदै रगत, रगततत्व र रक्तदानको महत्वको बारेमा प्रकाश पारेका थिए।

प्रकाशित मिति: २०२३-०९-०२ , समय : २२:१३:३५ , १ वर्ष अगाडि