नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ सुनवल जेसिज २०२२ द्वारा बधाई तथा शुभकामना प्रदान

अमृता सुनार , ४४७  पटक हेरिएको

सुनवल , जेठ २१

पश्चिम् नवलपरासीको सुनवल जेसिज २०२२ ले सुनवल नगरपालिकामा नवनिर्बाचित नगर प्रमुख, नगर उप प्रमुख र वडा नम्बर १ बाट निर्वाचित वडा अध्यक्ष र सवै सदस्यहरुलाइ बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

सुनवल जेसिज २०२२ को अध्यक्ष जमुना कुमारी थापाको अध्यक्षतामा तथा सुनवल नगरपलिकाको नगर प्रमुख बिमला अर्यालको प्रमुख आथित्यतामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना दिइएको हो ।

कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, कार्यपालिका सदस्य सिता भण्डारी, वडा सदस्य कृष्ण बहादुर क्षेत्री प्रशुराम कवर, जेसिज निबर्तमान अध्यक्ष बासु देव पौडेल, पुर्ब अध्यक्ष जीबन पौडेल, चुरामणी गैरे, उत्सव पौडेल, साजिन बज्राचार्य , गौमाया गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा नवनिर्बाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो भने कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख बिमला अर्यालले हालै सम्पन्न स्थानीय तहको निर्बाचनमा जेसिजले खेलेको भुमिकालाई प्रसंशा गर्दै धन्यवाद र आभार ब्यक्त गर्नु भएको थियो । उहाले आगामी दिनमा जेसिजलाई पर्ने आबश्यक सहयोगको लागि पनि नगरपालिका प्रतिबद्ध रहने प्रतिबद्धता जनाउनु भएको छ ।

 

सुनवल जेसिज २०२२ का उपाध्यक्ष बिनोद पान्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष मन बहादुर थापा मगर , जीवन पौडेल , चुरामणि गैरे, बासुदेव पौडेल , उत्सब पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव बिकास आचार्यले गर्नु भएको थियो ।

 

प्रकाशित मिति: २०२२-०६-०४ , समय : ०९:२९:१३ , २ वर्ष अगाडि