उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन

अमृता सुनार , ४५१  पटक हेरिएको

नवलपरासी, जेठ २१

लेप्रोसिक मिसिन इम्प्याक्ट नेपालद्वारा संचालित सुनवल नगरपालिका वडा नम्बर १ र ४ मा रहेका अपांग कुष्टरोगी एकल महिला र अति बिपन्न समुहको वहुउद्देसिय सहकारी संस्था सुनवलको प्रथम साधारण सभा तथा अधिबेशन सुनवल सामुदायिक सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष तेजराज उपाध्यायको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

उक्त प्रथम अधिबेशनबाट तेजराज उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन भएको छ । जसको उपाध्यक्षमा अन्जु न्यौपाने, सचिब बिराज श्रेष्ठ, कोषाध्यक्ष स्मृति थापा, सह सचिब ओमकार यादव र सदस्यहरुमा रोमन बुढाथोकी, प्रेम कुमारी घिमिरे, रजनि पान्डे , निर्दोश ठाडा, याम कुमारी सारु, चन्द्रा सुबेदी लगायत चयन हुनु भएको छ ।

 

संस्थाको प्रगति प्रतिबेदन समुहको सचिब बिराज श्रेष्ठले प्रस्तुत गर्नु भएको कार्यक्रममा आर्थिक प्रतिबेदन कोष्ध्यक्ष स्मृति थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन लेप्रोसिक मिसन इम्प्याक्ट नेपालका फिल्ड सुपरभाइजर भगवती रावतले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०६-०४ , समय : १८:०१:१० , २ वर्ष अगाडि