संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

रुपन्देही खबर , १९४  पटक हेरिएको

काठमाडौ,भदौ २६

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिनु भएको छ ।

उहालाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उहाको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो । उहा हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुनुहुन्छ

एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रकाशित मिति: २०२३-०९-१२ , समय : ०७:०७:३८ , ८ महिना अगाडि