कौशल मोबाइल पसलमा दुई लाख भन्दा बढीको सामान चोरी

सर्बेन्दर यादव , ४५९  पटक हेरिएको

मर्चवार, भदौ २७

मर्चवारको सम्मरीमाइ गाउपालिका वडा नम्बर ४ सिद्वानाथ चोकमा रहेको कौशल मोबाइल पसलमा चोरी भएको छ। सोमवार राति ३ बजे तिर मोबाइल पसलको ताल्चा तोडेर चोरी गरिएको त्यहा स्थानियले बताएका छन । चोरी भएको पसलको छेउमा रहेको मेडिकल स्टोरको सिसिटिभि क्यामरामा रेकर्ड भएको भ्वाइस अनुसार राति ३ बजे देखि ४ बजे भित्र चोरी भएको मोबाइल पसलका प्रोपराइटर सुरेन्द्र कुमार वरुणले बताउनु भएको छ ।
मोवाइल पसलवाट ल्यापटप, किपैड मोबाइल २० थान, सेकेन्ड हैण्ड एनड्रोइड मोबाइल तथा ग्राहकको रिपेरिङ मोबाइल गरी २० थान, सि सि टि भि क्यमरा १ थान, मेमोरी कार्ड १० थान, पोर्टवल साउण्ड रिचार्ड कार्ड इलेक्ट्रोनिक सामान र नगद १० हजार रुपैया गरी २ लाख भन्दा बढीको सामान चोरी भएको बरुणले बताउनु भयो ।
चोरी भएको सामानको छानबिनको लागि स्थाइ प्रहरी चौकी रोइनिहवामा उजुरी दिइएको छ भने चोरी भएको कौशल मोबाइल पसललाई मोबाइल व्यवसायी संगठनका अध्यक्ष बि एन गुप्ता तथा मोबाइल व्यवसायिक संगठनका वरिष्ठ उपाध्यक्ष हरी बहादुर पाण्डे र सह कोषाअध्यक्ष दिनेश गुप्ता तथा कार्य समितिका वरिष्ठ सदस्य प्रविन गैरे लगायतले समितीबाट आर्थिक सहयोग गर्ने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०९-१३ , समय : २२:३९:१९ , १ वर्ष अगाडि