उद्योग ब्यापार संगठन रुपन्देहीको अध्यक्षमा दर्पण श्रेष्ठ निर्वाचित

संस्थाको हित र बिकासमा काम गर्ने प्रतिबद्धता

उर्मिला यादव यात्री , ३१०  पटक हेरिएको

भैरहवा, असोज ६

उद्योग ब्यापार संगठन रुपन्देहीको अध्यक्षमा दर्पण श्रेष्ठ सर्वसम्मत निवार्चित हुनु भएको छ । यस्तै गरी बरिष्ठ उपाध्यक्षमा सचिन रोक्का, उद्योगतर्फ उपाध्यक्षमा मधुसुदन अर्याल, वाणिज्यतर्फ उपाध्यक्षमा राम मिलन यादव, महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा सुरेन्द्र कुमार पाण्डेय, सह–कोषाध्यक्षमा सन्तोष शुक्ला, सचिवमा गौतम कुमार गुप्ता र कृष्ण प्रसाद पाण्डे निर्वाचित हुनु भएको छ ।

यस्तै गरी संगठनको उद्योग सदस्यतर्फ प्रभुप्रसाद यादव, रामप्रसाद भण्डारी, सिकन्दर अलि धुनिया र राम प्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ भने वाणिज्य सदस्यतर्फ गोविन्द सापकोटा जैसी, कृष्ण प्रसाद मरासिनी, दिनेश गुप्ता र धिरज कुमार मल्लिक निर्वाचित हुनु भएको छ । संगठनको महिला सदस्यमा माया खनाल र मिनिता थापा निर्वाचित हुनु भएको छ भने एशोसियट सदस्यमा राम अवध गुप्ता निर्वाचित हुनु भएको छ । यस्तै गरी पदेन सदस्यमा संगठनको निवर्तमान अध्यक्षमा अनिल कुमार ज्ञवाली रहनु भएको छ । उद्योग ब्यापार संगठन रुपन्देहीको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनले शनिबार सिद्धार्थनगर ९ मा आगामी कार्यकालका लागि नया कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफनो कार्यकालमा संगठनलाई चुस्तदुरुस्त रुपमा संचालन गर्न र संस्थालाई अगाडी बढाउनका लागी संगठनका अग्रजहरुले देखाउनु भएको बाटोमा आफु पुर्ण रुपमा लाग्ने र संस्थाको हित र बिकासमा काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले संगठनमा आएका सुझाव तथा गुनासाहरुलाई संगठनको बिधान अनुरुप बिशेष ख्याल गरी संस्थालाई अघि बढाउने बिश्वास दिलाउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०९-२३ , समय : २१:३५:४२ , ८ महिना अगाडि