सरकारको भर पर्दा उद्योगी ब्यवसायीको अरर्बाै लगानी जोखिममा

रुपन्देही खबर , २३६  पटक हेरिएको

भैरहवा, असोज ६

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले उद्योगी ब्यवसायीहरुको समस्या समाधानका लागी सहजीकरण गर्न आवश्यक रहेको बताउनु भएको छ । उद्योग ब्यापार संगठन रुपन्देहीको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्दै अध्यक्ष पोखरेलले सरकारको भर पर्दा उद्योगी ब्यवसायीको अरर्बाै रुपैया जोखिममा परेको बताउनु भएको हो । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउदा उद्योग ब्यवसायीहरु बिमानस्थल संचालन हुने आशमा लगानी गर्दा जोखिममा परेको उहाको भनाइ छ । उहाले देशमा आएको आर्थिक संकटले बिभिन्न किसिमका समस्याहरु आएकोले यसको सबै मिलेर समाधान गर्नुपर्ने जोड दिनु भयो । उहाले देशमा कठिन परिस्थिती आउदा पनि राजनितिक नेतृत्व करेक्सन नहुदा आफु अचम्मित भएको बताउनु भएको छ । उहाले कहा बाट कसले सखाप पार्ने, कसलाई गुल्टाएर आफु कता जाने बाहेक अरु केही नभएको गुनासो गर्नु भयो ।

यो क्रिटिकल समयमा राष्ट्रिय एकता आवश्यक छ, यो सबैभन्दा जरुरी छ, यो समय एउटै पोलिसी ल्याउने र सबै दल मिल्ने बेला हो उहाले भन्नु भयो । उहाले यो समय निजी क्षेत्रलाई आत्मनिर्भर बनाउने बेला भएको बताउदै एक अर्काको सहकार्यमा अघि बढन आग्रह गर्नु भएको छ । उहाले अरबांै लगानी गरेका उद्योगी ब्यवसायीहरु धरासयी हुदै जानु र हामी मुखदर्शक हुनु बाहेक केही गर्न नसकेको गुनासो गर्नु भयो ।
अहिले लाखौ युवाहरु बिदेश गए , उद्योग धन्दा बन्द हुदै गए यो क्षणिक कुरा नभएको बताउनु भयो । उहाले देशको अवस्था बिकराल र एकदमै नाजुक भएकोले उद्योगी ब्यवसायीहरुलाई निराश नहुन आग्रह गर्नु भएको छ । उहाले निजी क्षेत्रलाई चलायमान बनाउनका लागी आफना गतिबिधि, योजनालाई नितान्त बिषयमा केन्द्रित गर्न अनुरोध समेत गर्नु भएको छ । उहाले देशको अर्थतन्त्र बलियो बनाउन आ आपनो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो ।

यस्तैगरी सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानले देशले उत्पादन गरेको दक्ष जनशक्ति विदेश पलायन हुनु चिन्ताजनक बिषय भएको बताउदै यसलाई रोक्न नगरले पहल गर्ने बताउनु भएको छ ।उहाले अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागी समाजका अगुवा, बिभिन्न संघसंस्थाका प्रतिनिधी , बिभिन्न संजालहरु मिलेर दबाब दिनुपर्ने बताउदै आन्तरिक उडान समेत बन्द गर्नुपर्ने बताउनु भयो । उहाले सिद्धार्थनगरमा भएको सेजले राम्रो संग काम नगर्दा समस्या सिर्जना भएको बताउनु भएको छ । उहाले उद्योगी व्यवसायीको हकहितमा आफू हरपल साथ रहेको बताउनु भयो ।


यस्तैगरी सिद्धार्थनगर नगरपालिकाका नगरउपप्रमुख उमा अधिकारीले महिलालाई पनि हरेक क्षेत्रमा अवसर दिनुपर्ने बताउनु भएको छ । उहाले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै नगरअघि बढ्नुपर्ने बताउदै यसो भए मात्र सिद्धार्थनगरको ब्यापार फस्टाउनेमा जोड दिनु भयो ।

यस्तै गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशले निर्यात भन्दा आयात बढी गर्ने भएको हुदा ब्यापार घाटा कहालि लाग्दो भएको बताउदै प्रत्येक दिन खाडी मुलुक जाने या बिदेशिने युवाहरुको जमात बढदै गएको बताउनु भयो । उहाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागी उद्योग ब्यवसाय प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भएको छ । उहाले मर्यादित रुपमा व्यवसाय संचालन र प्रवद्र्धन गर्न निती तथा योजनाका साथ अघि बढन आग्रह गर्दै उद्योगी व्यवसायीहरुको हकहितमा समन्वय गरी अघि बढने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रममा चेम्बर अफ कमर्श रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारी, संस्थाका सल्लाकाकार विश्वराज बराल, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष सम्झना शर्मा, माउण्ट एभरेष्टका सञ्चालक बसन्त रोक्का क्षेत्री लगायतले बोल्दै मुलुकमा सुधार गर्नुपर्ने धेरै कुराहरु रहेको बताउनु भएको थियो ।

चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन महासचिव सचिन रोक्काले गर्नु भएको थियो । कार्यक्रममा उद्योग ब्यापार संगठन रुपन्देहीको स्मारिका २०८० समेत बिमोचन गरीएको थियो ।

प्रकाशित मिति: २०२३-०९-२४ , समय : ००:५३:०५ , १ वर्ष अगाडि