पक्लिहवा मा.बि मा जुनियर रेडक्रस सर्कल गठन,अध्यक्षमा ऋषि हरिजन

रुपन्देही खबर , १३०९  पटक हेरिएको

भैरहवा, असोज १०

श्री पक्लिहवा माध्यमिक विद्यालय सिद्धार्थनगर १ पक्लिहवामा ऋषि हरिजनको अध्यक्षतामा ‘जुनियर रेडक्रस सर्कल गठन भएको छ। नेपाल रेडक्रस सोसाइटी, वेलहिया उपशाखाको आयोजनामा बुधबार ‘जुनियर रेडक्रस सर्कल गठन भएको हो । जसको उपाध्यक्षमा निखिल राजभर, सचिवमा प्रभुनाथ कोहार, कोषाध्यक्षमा आमरिन खातुन रहनु भएको छ भने सदस्यहरुमा अरुण यादव, अब्दुल रहमान गद्दी, रुपाली तिवारी, शिव कुमार बनिया, अमृत कुमाल, निसा पासी, र नेहा बनिया रहनु भएको छ । नेपाल रेडक्रस सोसाइटी वेलहिया उपशाखाका सभापति सुमन शर्माको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष एवम पक्लिहवा मा.बि. व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन कार्यले विद्यार्थीहरुमा आकस्मिक रुपमा हुने सक्ने चोट पटक, दुर्घटना हुँदा प्राथमिक उपचार, यति मात्र नभई विभिन्न जनचेतनामुलक कार्यक्रम, स्वयमसेवी कार्य, तालिम, अतिरिक्त क्रियाकलाप इत्यादिमा यस सर्कलले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बताउनु भएको छ । कार्यक्रम संयोजक माधव शर्माकोे स्वागत मन्तब्य रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेत, नेपाल रेडक्रस सोसाइटी, वेलहिया उपशाखाका पुर्व अध्यक्ष तथा वेलहिया मा.बि व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने लगायतले जुनियर रेडक्रस सर्कलको महत्व सम्बन्धमा आ आफ्नो धारणा राख्नुभएको थियो भने डेंगु सचेतना कार्यक्रम अन्तर्गत जिल्ला शाखाका डेंगु कार्यक्रमका सहजकर्ता सुरक्षा भट्टराईले डेंगु नियन्त्रण, रोकथाम, खोज र नष्ट अभियान बारेमा सहभागी शिक्षक–शिक्षिका, विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो ।
जुनियर रेडक्रस सर्कल गठन तथा डेंगु सचेतना कार्यक्रम’ मा वेलहिया उपशाखाका राकेश गुरुङ्ग, पंकज उदास, भरत थापा, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार याम बहादुर थापा, शिक्षकनायक याम कुमारी राना, समाजसेवी मोहनसिंह शाही, ओजश शर्मा, नन्द राना, तेजेन्द्र गुरुङ्ग, रेडक्रस स्वयमसेविका सारिका शर्मा, शितल शाही, अनिसा नेपाल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन ऋषिराम पाण्डले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०९-२७ , समय : १९:२३:१५ , ७ महिना अगाडि