नन्दु कवर , ३०८ पटक हेरिएको
नवलपरासी ,असोज १२
श्री मुलपानी सामुदायिक वन उपभोक्ता समूहको १० औं साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सुनवल ४ मा कार्यालय रहेको समूहको साधारणसभा कार्यालय परिसरमा सम्पन्न भएको हो ।
समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेयको अध्यक्षतामा भएको १० औं साधारणसभामा लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सम्बृद्धिको लागि सामुदायिक वनहरु आवश्यक रहेको जोड दिनु भएको छ ।उपभोक्ताहरुको लागि मुलपानी सामुदायिक वनले सर्हानिय काम गरिरहेको भन्दै अगामी दिनमा वन उपभोक्ता समुहलाई थप उल्लासका साथ अगाडि बढाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा अध्यक्षको कार्य प्रगति विवरण वन समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रगति प्रतिवेदन कोषाध्यक्ष अवधेश कुमार यादवले प्रस्तुत गर्नुभएको थियो । भने लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजकको प्रतिवेदन लेखा संयोजक यम नारायण लम्सालले प्रस्तुत गर्दै उपभोक्ता समुले आ.व २०७९/८० मा एक करोड चौबिस लाख छयहत्तर हजार साठी रुपैयाँ कुल आम्दानी गरेको र एक करोड बीस लाख बयालीस हजार चार सय एकचालीस रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
सुनवल नगरपालिका वडा नं.-४ मा अवस्थीत यस श्री मुलपानी सा.व.उ. समूह, पूर्वमा आदर्श सा.व.उ. समूह, पश्चिममा ज्यामिरे सा.व.उ. समूह, उत्तरमा लोकेश्वर खोला र राष्ट्रिय वन र दक्षिणमा महेन्द्र राजमार्ग र शहिद मार्ग भित्रमा करिब ३२९।५२ हेक्टर क्षेत्रफलमा फैलिएको र जिल्ला वन कार्यलयबाट सामुदायिक वनमा हस्तान्तरण हुदै २०७४ सालमा वैज्ञानिक बनमा व्यवस्थापनमा कार्ययोजना लागु भएको थियो । हाल समूहले वन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि २०७९ लागु गरी सोहि अनुरुप कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।
यस मुलपानी सा.व.उ.समूहमा ६१७ घरधुरी उपभोक्ता आवद्ध रहेका छन । सुनवल नगरपालिका वडा नं. ४,३, २, १ रहेको छ भने रामग्राम नगरपालिका वडा नं. ४, पाल्हीनन्दन गाउपालिका वडा १ कार्यक्षेत्र रहेको छ कार्यक्रममा समूहका उपाध्यक्ष प्रभुलाल मौर्यले स्वागत मन्तव्य बाट सुरु भएको हो भने कार्यक्रमको सन्चालन सस्थाका सचीव समिक्षा सिंजापतिले गर्नु भएको हो
प्रकाशित मिति: २०२३-०९-२९ , समय : १९:३३:१३ , १२ महिना अगाडि