रुपन्देही र नवलपरासीमा करेन्ट लागेर दुई जनाको मृत्यु

रुपन्देही खबर , ५८९  पटक हेरिएको

भैरहवा , १२ असोज

रुपन्देही र नवलपरासीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको सियारी गाउँपालिका ७ बनगाई बस्ने १८ वर्षीय राजेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै गरि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ७ उजैनी बस्ने ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि रहेको बिजुलीको पोलमा बालेको बत्ती निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : १९:४४:२९ , ९ महिना अगाडि