मर्चवारबाट ५६ हजार बढी मुल्य बराबरको अबैध सामान बरामद

रुपन्देही खबर , ३०८  पटक हेरिएको

मर्चवार,असोज १२

ईलाका प्रहरी कार्यालय मझगाँवाले ५६ हजार २ सय ५० रुपैया मुल्य बराबरको अबैध सामान बरामद गरेको जनाएको छ । बिहिवार ईलाका प्रहरी कार्यालय मझगाँवा बाट खटिएको प्रहरी टोलिले कोटहीमाई गा.पा.वडा नम्बर ३ त्रिलोकपुरबाट अबैध सामान बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको ९ बोरा चिनी, आलु १७ बोरा,प्याज ३ बोरा,भेली (गुड) २ काटुन,केराउ दाल २ बोरा गरी ५६ हजार २ सय ५० रुपैया बराबरको अबैध सामान वरामद गरि आवश्यक कार्वाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : २०:०९:१९ , ९ महिना अगाडि