नवलपुरको गैंडाकोटमा जिप दुर्घटना हुँदा १४ जना घाइते

रुपन्देही खबर , १९२  पटक हेरिएको

नवलपुर, असोज १६

पुर्वपश्चिम राजमार्ग अन्तर्गत आज साझ नवलपुरको गैंडाकोटमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छ्न । नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको ना १ ज ८८३४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलले जानकारी दिनु भएको छ।

डिएसपी पौडेलका अनुसार घाइतेमध्ये चार जनाको गैंडाकोट नगर अस्पतालमा उपचार भैरहेको छ भने १० जनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । जिपमा १५ जना यात्रु सवार थिए ।

प्रकाशित मिति: २०२३-१०-०३ , समय : २१:४८:०३ , ५ महिना अगाडि