सामाजिक बिकास तथा सेवा समूह सिद्धार्थनगर ७ र १२ को अध्यक्षमा दाहाल

उर्मिला यादव यात्री , २६७  पटक हेरिएको

भैरहवा, असोज २८

सामाजिक बिकास तथा सेवा समूह सिद्धार्थनगर ७ र १२ को अध्यक्षमा सरस्वती दाहाल चयन हुनु भएको छ । सामाजिक बिकास तथा सेवा समूह सिद्धार्थनगर ७ र १२ को आइतबार भैरहवामा भएको २१ औं साधारणसभा तथा १२ औं अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रममा दाहालको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा शालिकराम पाण्डे, सचिबमा लक्ष्मण ज्ञवाली, कोषाध्यक्षमा कृष्ण घिमिरे चयन हुनु भएको छ । यस्तै गरि सदस्यहरुमा नरहरी घिमिरे, रबिन्द्र पन्थी,शारदा उपाध्याय ,निशा भट्टराई र लक्ष्मी बस्नेत रहनु भएको छ ।

समुहका पुर्व अध्यक्ष हरिराज बिष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि भैरहवा बहुमुखी क्याम्पसका पुर्व सहप्राध्यापक डिल्लीराज भट्टराई रहनु भएको थियो ।

अधिवक्ता दण्डपानी भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर १२ का वडाध्यक्ष कुमार गुरुङ, सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर ५,१२,१३ का अध्यक्ष गोबिन्द बस्याल, अधिवक्ता कुलानन्द ज्ञवाली लगायतले नया कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै समाजका लागि सक्रिय भएर काम गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा निर्वाचन अधिकृत सन्जिव रेग्मी,सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दामोदर घिमिरे लगायत सामाजिक बिकास तथा सेवा समूह सिद्धार्थनगर ७ र १२ का कार्यसमिति सदस्य,पदाधिकारी,सामाजिक ब्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-१०-१५ , समय : २०:५०:४९ , १ वर्ष अगाडि