रुपन्देही खबर , १४५ पटक हेरिएको
विराटनगर, कार्तिक १
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनु भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउनु भएको हो ।
कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका छन् । प्रदेशसभा बैठकमा उपस्थित ९१ सदस्यमध्ये ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका थिए भने राप्रपाका ५ सांसदले भने विपक्षमा मत दिएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । एमालेका ३९ र कांग्रेस नेता डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा गत शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त हुुनु भएको थियो ।
प्रकाशित मिति: २०२३-१०-१८ , समय : २१:१२:४३ , ११ महिना अगाडि