मंसिर ६ गतेदेखि भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव २०८० हुने

उर्मिला यादव यात्री , ३४४  पटक हेरिएको

भैरहवा, कार्तिक १

उद्योग, ब्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ रुपन्देहीको भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव २०८० हुने भएको छ । उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा आगामी मंसिर ६ गतेदेखि १८ गतेसम्म सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ अंचलपुर भैरहवामा उद्योग, ब्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन एवं सूचना प्रविधिको बृहत प्रदर्शनी आयोजना हुन लागेको हो । लुम्बिनी प्रादेशिक महोत्सवले यस क्षेत्रको आर्थिक चलायमानमा टेवा पुग्ने उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिनु भएको छ । रुपन्देहीको उद्योग, ब्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन गर्दै आर्थिक बिकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा करिब ३५० स्टल रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मेलामा करिब तीन लाख जनता मेला अवलोकन गर्न आउने र १ करोड २० लाखको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रणमा रुपान्तरण गरी राष्ट्रि«य साना तथा घरेलु उद्योग र ब्यापारको प्रोत्साहन स्वरुप प्रवद्र्धन गर्न, लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको बिकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटनको रुपमा बिकास गर्न, उत्पादन र उपभोक्ता बिच सिधा सम्पर्क गराई उपभोक्ता मुखी क्रियालापमा बृद्धि गराई स्थानिय बस्तुको बजार ब्यवस्थापनमा सहयोग पुरयाउने, कृषिलाई बैज्ञानिक तथा ब्यवसायिकरण गर्ने , रुपन्देही जिल्लाको उत्पादित कृषिका उपजहरुको प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहने संगठनले जनाएको छ ।

यस्तै गरी रुपन्देही जिल्लामा रहेका पर्यटकीय स्थल लुम्बिनी, देवदह आदिको प्रचार प्रसार ,सिद्धार्थनगर क्षेत्रलाई पर्यटकीय औद्योगिक र ब्यापारिक नाकाको रुपमा रुपान्तरण गर्न, स्थानिय तथा राष्ट्रि«य कलाकारहरुबाट कलाकारीताको प्रर्दशन, मेला महोत्सवबाट रोजगारको सिर्जना गर्न, सुचना प्रबिधीमा पहुच पुरयाउने र बिकास बिस्तारमा सहयोग गर्ने ,आधुनिक सूचना प्रविधिको प्रदर्शनी लगायत जिल्लाको सम्भावनाहरुलाई चिनाउने, औद्योगिक व्यवसायिक पर्यटकीय, कृषिजन्य एवं सांस्कृतिक तथा धार्मिक धरोहरहरुको प्रवद्र्धन एवं प्रचारप्रसारको माध्यमबाट साना ठूला लगानीकर्ताहरु भित्राउने, कृषिजन्य लगायतका उद्योगहरु स्थापनाका लागि वातावरण निर्माण गर्न लगानीकर्तालाई प्रोत्साहन गर्ने महोत्सवको मुख्य उदेश्य भएको संगठनका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु निर्माण गरि तयारी शुरु गरिएको संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले जानकारी दिनुभयो। उहाँका अनुसार संगठनका अध्यक्ष दर्पण श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समितिमा ४२ जना, बिशेष सल्लाहकार समितीमा २५ जना र १५१ जनाको सल्लाहकार समितीहरु निर्माण गरि तयारी थालिएको छ।

महोत्सवमा सहभागी हुने दर्शकका लागि ८० रुपैया, विद्यार्थीका लागि ५० रुपैया, समुहगत बिद्यालय बिद्यार्थीका लागी ३० रुपैया टिकटदर तोकिएको संगठनको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो । उहाले ७० बर्ष माथिको जेष्ठ नागरीक, अपांग भएका ब्यक्तिहरुका लागी निशुल्क प्रवेश रहेको समेत जानकारी दिनु भएको छ ।

संगठनको निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले मेलाको मुख्य उदेश्य आर्थिक चलायमानमा टेवा पुग्ने रहेको बताउनु भएको छ । उहाले लामो समयसम्म अर्थतन्त्र चलायमान नभएको र उद्योगी ब्यवसायीहरु धरासयी भएको अवस्थामा यस मेलाले आर्थिक क्षेत्र चलायमान हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले स्थानिय कलाकारको जर्गेना गर्ने उदेश्यका साथ स्थानिय र राष्ट्रिय कलाकारलाई स्थान दिनुका साथै कृषि प्रवद्र्धन, साना तथा घरेलु उद्योगबाट उत्पादन भएका सामाग्रीहरु बिक्री बितरण लगायत घरेलु उत्पादनलाई प्राथमिकताका साथ बजार ब्यवस्थापनमा जोड दिएको बताउनु भयो । उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा यसअघि २०६६, २०६८, २०७०, २०७४,२०७१, २०७५, २०७६ सालमा औद्योगिक व्यापार कृषि महोत्सव संचालन भएको थियो।

प्रकाशित मिति: २०२३-१०-१८ , समय : २३:०९:३१ , ४ महिना अगाडि