पश्चिम नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ

नवलपरासी , ५४३  पटक हेरिएको

चैत २९
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागु औषध सहित दुई जनालाइ पक्राउ गरेकोे छ। पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर ६ पोखरापाली बस्ने ३८ बर्षिय रबिन्द्र बनिया र सोही स्थान बस्ने ४२ बर्षिय ईन्द्रकमल केवट रहेका छ्न ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नंम्बर ६ पोखरापालीमा शंकास्पद रुपमा हिडिरहेका बनियालाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथमा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २/२ एम.एल. को नुफिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र डाईजापाम ३९ एम्पुल गरी १सय१७ एम्पुल लागुऔषध फेला पारेकोले निजलाई फेला परेको लागु औषध सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।यस्तै गरि प्रारम्भिक अनुसन्धानका क्रममा केवट समेत लागुऔषध कारोवारमा संलग्न रहेकोले केवटको घर खानतलासी गर्दा निजको कोठामा खैरो हिरोईन ४.५०० ग्राम, स्पास्मो , ५सय ७२ क्याप्सुल र एक सय एम.एल.को ६ बोतल रेक्टास लेखेको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका बनिया र केवटलाई लागु औषध मुद्धामा मुद्धा दर्ता गरी लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०४-१२ , समय : १०:१६:३८ , २ वर्ष अगाडि