दुर्गामुर्ति बिसर्जन गर्ने क्रममा नदीमा डुबेर तीन जनाको मृत्युु

रामभवन मौर्या , १९७३  पटक हेरिएको

मर्चवार, कार्तिक ७

रुपन्देहीको मर्चवारमा नदीमा डुबेर तीन जनाको मृत्युु भएको छ। मर्चवार क्षेत्रका विभिन्न गाउबाट दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा आज कोटाहीमाई गाउपलिका वार्ड न. १ अमरगंजवा बस्ने तीन जना दुइमोहन नदिमा डुबेर बेपत्ता भएका हुन । भने दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ बर्षिय अजय कुमार नाउँ , १८ वर्षीय अजय भर रहेका छ्न । यस्तै सोही ठाउ बस्ने २० वर्षीय सन्त कुमार राजभर अझै बेपत्ता रहेको र घटना स्थलमा नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा भारतबाट गोताखोरको सहयोगमा २ जनाको शव बरामद भएको छ भने एक जनाको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-१०-२४ , समय : १६:३१:११ , ४ महिना अगाडि