बिद्युतिय उपकरण सहित लुम्बिनीबाट तीन जुवाडे पक्राउ

रुपन्देही खबर , ४०५  पटक हेरिएको

भैरहवा ,कार्तिक १३

रूपन्देही प्रहरीले बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा बुधबार तीन जनालाई पक्राऊ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा रहेको लुम्बिनी गेष्ट हाउसबाट कपिलबस्तु शिबराज नगरपालिका वडा नम्बर ९ का ३७ बर्षीय मोहन प्रसाद निरौला, सोही ठाउका ३६ बर्षीय शिव ओली र रुपन्देही शुद्धोधन गाउपालिका वडा नम्बर ३ फर्साटिकर बस्ने ५५ बर्षीय राकेश बानियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टका अनुसार होटलको कोठा नम्बर ४०१ मा जुवातास भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा प्रहरीले ठुलो परिमाणको तासको गड्डी सहित बिभिन्न उपकरणहरु फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा तिनीहरु फेला परेको डीएसपी भट्टले बताउनु भएको छ ।


उनिहरुबाट प्रहरीले लु ३ च २०२२ नम्बरको कार, ६ थान मोबाइल, मोवाईलको ब्यट्री (सानो, ठुलो) १७ थान , बिभिन्न किसिमका तासको २४ गड्डी, बिद्युतिय उपकरण मोवाईलको कनेक्टर १ थान, बिद्युतिय उपकरण ब्याट्री जस्तो देखिने २९ थान र बिद्युतिय उपकरण म्याक्स लेखेको ब्याट्री ४ थान बरामद भएको उहाले बताउनु भएको छ । उहाले पक्राउ परेकाहरुको साथबाट ८३ हजार २७० नगद समेत बरामद भएको जानकारी दिनु भएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा सम्बन्धी कसूरमा ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको भट्टले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-१०-३० , समय : ११:२६:५१ , १२ महिना अगाडि