रुपन्देहीको सियारी २ मा मानव कङ्काल फेला

राजन चौधरी , १३६४  पटक हेरिएको

सियारी,कार्तिक २२

रुपन्देहीको सियारी २ मैनहियामा रहेको रमन कन्ट्रकसन पछाडि नहरको किनारमा मानव कङ्काल फेला परेको छ । हाल सम्म नाम थर वतन लिङ्ग केही खुल्न नसकेको मानव कङ्काल फेला परेको हो । स्थानीय बासी पशु चौपाया चराउने क्रममा गन्ध आएको थाह पाए पछि प्रहरी लाई जानकारी गराएका थिए । प्रहरीको टोलि घटना स्थलमा पुगेपछि मानव शरीर रहेता पनि शरीरमा रातो रङ्ग को जकेट साथै हड्डी र टाउको मात्र फेला परेको थियो ।
केही दिन अगाडि महिला हराएको सुचना समाजिक सन्जाल मा आएता पनि नाम थर ठेगाना लिङ्ग केही खुल्न नसक्दा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय का डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-११-०८ , समय : ०७:०८:१९ , ६ महिना अगाडि