पाल्पाको निस्दीमा भएको टिपर दुर्घटनामा एकको मृत्यु,तीन घाइते

रुपन्देही खबर , २१०  पटक हेरिएको

पाल्पा,कार्तिक २२

पाल्पाको निस्दी गाउँपालिका-७, ज्यामिरेमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आलेले टिपरबाट हाम फाल्दा सोही टिपरको टायरेले किच्दा घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

निस्दी गाउँपालिका-७, ज्यामिरे मोटेखर्कस्थित ज्यामिरेदेखि नवलपुर सर्दितर्फ जादै गरेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा निस्दी गाउँपालिका- ७, ज्यामिरे बस्ने २५ वर्षीया हिमाली आले, टिपर चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुरको हेटौडा ९ बस्ने आषिश सुनार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-११-०८ , समय : १४:३६:५० , ७ महिना अगाडि