भन्सार छली ल्याइएको अबैध कपडा रोहिणीको अमुवाबाट बरामद

रुपन्देही खबर , ३०८  पटक हेरिएको

भैरहवा, मंसिर ९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध कपडा बरामद गरेको जनाएको छ । जिल्लाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान रोहीणी गाउँपालिका वडानंम्बर ७ अमुवाबाट चार लाख आठ हजार रुपैया मुल्य बराबरको अबैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताउनु भएको छ ।

भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ३ सय ४० पिस कुर्ता सुरुवालहरु वेवारिसे अवस्थामा फेला पारी स्थानियहरुको रोहवरमा वरामद गरी आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरी निरीक्षक किशोर के.सी.ले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-११-२५ , समय : ०८:४७:११ , ७ महिना अगाडि