रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन : अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे चयन

रुपन्देही खबर , ५१३  पटक हेरिएको

सिड्नी, मंसिर १०

रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संजालले शनिवार एक कार्यक्रमका बिच सर्बसम्मत रुपमा आगामि २ वर्षका लागि दिवाकर काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा रंजिता भण्डारी,महासचिवमा सूचना पान्डेय, सचिवमा कमल चापागाइ, कोषाध्यक्षमा प्रदिप पन्थी , र सदस्यहरुमा पदम अधिकारी, योगेश पराजुली, राजु खनाल,झ्यागंजी खरेल ,संयोग गौतम ,रे खरेल ,श्रृजना खड्का ,शंकर शर्मा ,घनश्याम पाण्डे ,बसन्त भण्डारी ,सुनिता न्यौपाने रहनु भएको छ ।

त्यस्तै सल्लाहकारहरुमा डा. प्रकाश पौडेल ,रोशन कोइराला ,शुशील नेपाल ,टि एन अर्याल,राम चालीसे, चुन्ना क्षेत्री, प्रमोद कार्की, चयन हुनु भएको छ । अधिबेशनले संस्थाको नियमअनुसार साँस्कृतिक संयोजकमा प्रदिप खनाल, महिला संयोजकमा गायत्री पौडेल, परियोजना संयोजकमा कमल भण्डारी ,प्रविधि संयोजकमा सरोज पाण्डे, पव्लिक रिलेशन आफिसरमा राजन खड्का, खेलकुद संयोजकमा सरोज पाठकलाई जिम्मेवारी दिएको छ भने संस्थाको संरक्षकमा राज खनाल, कृष्ण गैरे, इश्वर पोखरेल, मुक्ति राम पोख्रेल रहनुभएको नवनिर्वाचित महासचिव सूचना पाण्डेले जानकारी दिनु भएको छ ।

यसअघि कार्यक्रममा बोल्दै संस्थाका निबर्तमान अध्यक्ष मुक्तीराम पोख्रेलले जन्मभूमी नेपाल भएपनि कर्मभूमी अष्ट्रेलिया बनाएकाहरू आफ्नो देशको माटोको सुगन्ध बोकेर हिडिरहेको बताउनु भएको छ । पोख्रेलले आगामी दिनमा संस्थाले अझै रचनात्मक कामगर्दै जाने क्रममा आफनो निरन्तर साथ सहयोग रहने प्रतिवद्वता ब्यक्त गर्नु भएको छ ।

नवनिर्वाचित अध्यक्ष दिवाकर काफ्लेले संस्थाको माध्ययमबाट निरन्तर सामाजिक काम गर्दै जाने बताउनु भयो । काफ्लेले नेतृत्वमा जो आएपनि संस्थाको मुख्य उदेश्यमा सबैले हातेमालो गर्नसके मात्रै समाजमा उदाहरणीय काम गर्नसकिने बताउदै २ बर्षे कार्यकालका लागि आफुलाई संस्थाको नेतृत्व सुम्पेकोमा सम्पुर्ण टिमलाई आभार ब्यक्त गर्नु भएको थियो ।

अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत कैलाश राज पोख्रेल, एन.आर.एन. अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव डा.ज्ञानेन्द्र रेग्मी, ओसियानाका अरुण कुमार ठाकुर, एन.आर.एन.ए. अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल, समाजसेवी डा.नारायण प्रधान, फेन्काका उपाध्यक्ष डा. मधु पुडासैनी, प्रवासी नेपाली मन्च अन्तराष्ट्रीय उपाध्यक्ष रमेश पाण्डे, सदस्य विजय फुयाल, अष्ट्रेलियाका अध्यक्ष केशव जोसी, पत्रकार लगायतको सहभागीता रहेको थियो । नेपालबाट बिदेशमा पुगेका रुपन्देहीका प्रवासी नेपालीहरुले आफ्नोपन महसुस गरुन भन्ने उदेश्यका साथ २०१५ मा रुपन्देही सामाजिक सञ्जाल स्थापना गरेका हुन ।

प्रकाशित मिति: २०२३-११-२६ , समय : २१:०९:२७ , १० महिना अगाडि