थिङकिङ्ग रिच नेपालद्धारा कपिलबस्तुमा मोटिभेसनल सेमिनार सम्पन्न

ज्ञानेश्वर उपाध्याय , १८६  पटक हेरिएको

कपिलबस्तु ,मंसिर १०

थिङकिङ्ग रिच नेपालको आयोजना तथा मायादेवी गाउपालिका कपिलवस्तु र बिभिन्न संस्थाहरुको समन्वयमा मोटिभेसनल सेमिनार शनिबार कपिलवस्तुको पकडीमा सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्ध अभियानको अवसरमा उक्त सेमिनार कपिलवस्तुको मायादेवी गाउपालिकाको सभाहालमा सम्पन्न भएको हो । सो कार्यक्रमको अध्यक्षतामा आयोजक संस्था थिङकिङ्ग रिच नेपालको संस्थापक ग्रेटफुल दिनेश तथा प्रमुख अतिथीमा कपिलवस्तु क्षेत्र नं २ क को प्रदेश सभा सदस्य मकसुदन चौधरीका साथै बिशिष्ट अतिथीहरुमा पुर्व मन्त्री सहसराम यादव , मायादेवी गा पा अध्यक्ष वलिउद्दिन मुसलमान , शुद्धोधन गा पा अध्यक्ष कमलेश शरण चौधरी लगायत एस एन त्रीपाठी , बृजेश कुमार यादव , बब्बु यादव,सुग्रीम यादव लगायतको आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सेमिनार कार्यक्रममा बोल्दै प्रमुख अतिथी कपिलवस्तु क्षेत्र नं २ क को प्रदेश सभा सदस्य मकसुदन चौधरीले युवाहरुको बिचमा यस्ता खालको क्रियाकलाप हुन आवश्यक रहेको जोड दिदै महिला तथा युवाहरुले आफुले आफैलाई चिन्न सक्ने क्षमताको बिकास हुने बताउनु भएको छ । कार्यक्रममा कार्यक्रमका अध्यक्ष दिनेश गुप्ताले सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै आफु युबा रहेको र युवा अवस्थामा जोस जागर र उत्साहलाई मुख्य आधार बनाइ जीवनमा हरेक कठिनाईको सामना गर्न सकुन भन्ने आशयले सेमिनारको आयोजना गरेको बताउनु भएको छ ।

कार्यक्रममा पालिका स्तरका लगभग १५० भन्दा बढि विद्यार्थी तथा अन्य किशोर किशोरी तथा युवाहरुको पुर्ण सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । सेमिनार कार्यक्रमको सहजीकरण इमरान खानले गर्नुभएको थियो भने कार्यक्रम संचालन बिजय कुमार यादवले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-११-२६ , समय : २१:४१:१० , १ वर्ष अगाडि