रुपन्देही र झापाबाट लागूऔषधसहित पाँच जना पक्राउ

रुपन्देही खबर , ४८०  पटक हेरिएको

भैरहवा,मंसिर २७

रुपन्देही र झापाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । रूपन्देहीको कोटहीमाई गाउँपालिका–३ मुर्दहियाबाट नियन्त्रित लागूऔषधसहित सोही गाउँपालिका–७ पर्सहवा बस्ने २३ वर्षीय अजय अग्रहरीसमेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मझगावा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु ७९ प ५१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नुफिन ६८ एम्पुल, फेनारागन ६७ एम्पुल, डाईजेपाम ६८ एम्पुल र नाईट्रोभेट ४३ ट्यावलेटसहित पक्राउ गरेको हो।

यसैगरी झापाको बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने भारत बिहार राज्य माल्दा बोरलका २२ वर्षीय जेनिश राजवंशी र ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ का २४ वर्षीया युनिशा लिम्बुलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । उनीहरूलाई कोठाबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम ८ सय मिलिग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति: २०२३-१२-१३ , समय : २३:०३:४२ , ११ महिना अगाडि