स्रोत नखुलेको ७ लाख सहित एक जना परासीबाट पकाउ

रुपन्देही खबर , ३९४  पटक हेरिएको

परासी,मंसिर २९

पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट नवलपरासी प्रहरीले स्रोत नखुलेको सात लाख रकम सहित एक युवकलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नं ५ परासीबाट प्रहरीले ७ लाख ९ सय नेपाली रुपैयाँ सहित पाल्हीनन्दन गाँउपालिका वडा नं २ हरपुर बस्ने १९ वर्षिय मोहम्मद समिर धुनियालाई बिहीवार पक्राउ गरेको हो ।

धुनियाँले चढेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनको साथ बाट १ हजार दरका ४ सय, ५ सय दरका ६ सय र १ सय दरका ९ थान गरी ७ लाख ९ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी,डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

पाईन्टको भित्रि गोजीमा लुकाएर हिडेको अवस्थामा प्रहरीले उनलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-१५ , समय : ०७:४४:१८ , ६ महिना अगाडि