पौडेल भवानी भिक्षु स्मृति पुरस्कारबाट सम्मानित , कविता काेशेली कृति विमाेचन

धनी राम काेरी , ६८६  पटक हेरिएको

कपिलवस्तु , जेठ २३

११३ औं भिक्षु जयन्तीकाे अवसरमा नव कपिलबस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलबस्तु तौलिहवाकी कवियत्री शकुन्तला ज्ञवाली पौडेललाई भिक्षु जयन्ती कार्यक्रममा ११ हजार १सय ११ रुपैया नगद सहित प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।

 

सम्मानित भएकी शकुन्तला पाैडेलले याे पुरस्कारले आफुलाइ साहित्य क्षेत्रमा अगाडि बढ्नकाे लागि उत्साहित गरेको र अब अझै राम्रो राम्रो कृति लेख्ने प्रयास गर्ने बताउनु भएको छ ।

 

कार्यक्रममा जीवनाथ पाण्डेय (बाबा ) ले लेखेको कृति कविता काेशेली विमाेचन गरिएको छ । लेखक पाण्डेयले आफु साहित्य क्षेत्रमा लाग्ने र अरु थप कृति लेख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ताले साहित्यकाे क्षेत्रमा नगरपालिकाले हरबखत सहयोग गर्न तयार रहेको बताउनु भएको छ । उहाले पहिले भन्दा अहिले सेवा प्रवाहमा नगरपालिका अलि फरक तरिकाले काम गर्ने बताउनु भएको छ ।

कपिलवस्तु साहित्य समाजकाे अध्यक्ष पशुपतिमणि त्रिपाठीकाे अध्यक्षता तथा कपिलवस्तु नगरपालिकाकी नव निर्वाचित उपप्रमुख सुनिता गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

 

संस्थापक अध्यक्ष हरिराज शर्माकाे सहभागिता रहेको कार्यक्रममा कार्यक्रम संचालन दामोदर पराजुलीले गर्नु भएको थियाे ।

प्रकाशित मिति: २०२२-०६-०६ , समय : २०:१३:३४ , २ वर्ष अगाडि