रुपन्देहीको भैरहवाबाट लागु औषध सहित एक जना पक्राउ

रुपन्देही खबर , ३४४६  पटक हेरिएको

भैरहवा, पुस ५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बैंक कलौनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका वडा नंम्बर ४ बस्ने २१ बर्षिय गोपि किसन चौधरी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार सिनपा ८ बैंक कलौनीमा लागु औषधको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शंका लागी सोधपुछ तथा खानतलासी गर्दा चौधरीको साथबाट १६ ग्राम तीन सय मिलीग्राम बा्रउन सुगर जस्तो देखिने खैरो पदार्थ रहेको ११ वटा पुरिया बरामद गरेको हो । चौधरीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-१२-२१ , समय : १८:०९:२३ , २ वर्ष अगाडि