जिल्ला सहकारी संघ नवलपरासीद्धारा धन्यवाद ज्ञापनपत्र प्रदान

महेश यादव , २८५  पटक हेरिएको

नवलपरासी , जेठ २४

जिल्ला सहकारी संघ नवलपरासीले जिल्लाका सातवटै पालिकाका नवनिर्वाचित पालिका प्रमुख तथा उप प्रमुखहरुलाई लिखित धन्यवाद ज्ञापनपत्र प्रदान गरेको छ । संघका जिल्ला अध्यक्ष विष्णु पौडेलको नेतृत्वमा स्थानिय तहको निर्वाचनमा निर्वाचीत हुनुभएका सातवटै पालिका प्रमुख तथा उप प्रमुखहरुलाई लिखित धन्यवाद ज्ञापनपत्र प्रदान गरिएको हो ।

 

धन्यवाद ज्ञापनपत्र बुझाउदै संघका उपाध्यक्ष वृहस्पति अधिकारी,सचिव चण्डी पौडेल ,कोषाध्यक्ष हेदर अलीमुमिन लगायतको टोलीले जिल्ला सहकारी संघले निर्माण गर्दै गरेको कोल्डस्टोरकाे वारेमा समेत पालिका प्रमुख तथा उपप्रमुखहरुलाई ज्ञापनपत्र मार्फत साेमवार ध्यानाकर्षण समेत गराएको थियो ।

साथै सुनवलमा निमार्णधिन रहेको २५ करोड लागत बराबरको कोल्डस्टोरको ९५ प्रतिशत कामहरु सकिएको जानकारी गराउदै ठेक्का प्रक्रियाद्धारा निमार्ण भईरहेकाे कोल्डस्टोरमा संघीय सरकारको ६० प्रतिशत स्थानिय तथा प्रदेश सरकारको २० प्रतिशत र जिल्लाका सहकारीहरुवाट २० प्रतिशत गरि संयुक्त लगानीमा सम्पन्न गर्नेगरि निर्माण कार्य सुरु गरेकाे संघका अध्यक्ष पौडेलले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-०६-०७ , समय : ११:१४:१३ , २ वर्ष अगाडि