लुम्बिनीबाट ३९ बोरा अबैध प्याज सहित ८ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

रुपन्देही खबर , १०६१  पटक हेरिएको

भैरहवा, पुस १४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ४ लाख ७१ हजार मुल्य बराबरको अबैध प्याज नियन्त्रणमा लिएको जनाएको छ । अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार चोरी छली गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले शुक्रबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंम्बर १२ लोखडियाबाट ३९ बोरा अर्थात १ हजार ५सय ६० किलो प्याज नियन्त्रणमा लिएको हो ।

लु १० प १८९२, लु १७ प ९७०१, लु २३ प ६११९, लु १० प ५८२२, लु ४७ प २९८१, लु ३ प ८६८८, लु ४८ प ४२५३, यु. पि. ५६ पि ३०२० नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको अबैध प्याज स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान र मोटरसाईकलहरु भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-३० , समय : ०७:१७:१५ , २ महिना अगाडि